१७ चैत्र २०८०, शनिबार | Sat Mar 30 2024

बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्विरोध निर्वाचित


२७ पुस, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न साधारणसभाबाट कार्यबाहक अध्यक्ष रहेका केसीलाई निर्विरोध निर्वाचित गरेको हो ।

तत्कालिन अध्यक्ष अनिल उपाध्याय कृषि विकास बैंकबाट बाहिरिएसँगै उपाध्यक्ष रहेका केसीले कार्यबाहक अध्यक्षको जिम्बेवारी पाएका थिए । संघको अधिवेशन आउन अझै एक वर्ष बाँकी रहेकाले बुधबार नेतृत्व चुन्न विशेष साधारणसभा आयोजना गरिएको थियो । केसी एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत हुन् ।

प्रकाशित मिति : २७ पुष २०७९, बुधबार १९:४९