१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

चलचित्र कलाकार संघको अध्यक्षमा पाँच जनाको दाबी, कस्को सम्भावना कति ?


२५ पुस, काठमाडाैँ । आगामी चैत्र ४ गते हुने नेपाल चलचित्र कलाकार संघको निर्वाचनबाट संघको नेतृत्व सम्हाल्न पाँच जनाको दाबी देखिएको छ । १९ औँ अधिवेशनमार्फत चुनिने कार्यकारिणी समितिको अध्यक्ष पदको लागि वर्तमान उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले पहिलो दाबी प्रस्तुत गरेका थिए ।

हालसम्म उक्त पदमा निरौलासहित वर्तमान अध्यक्ष रबिन्द्र खड्का, वर्तमान उपाध्यक्ष रेजिना उप्रेती, सविन श्रेष्ठ र सुशान्तकुमार श्रेष्ठले दाबी गरेका छन् । वि.सं. २०४५ भदौ २३ गते स्थापित संघको यसअघि २०७६ जेठ २५ गते भएको कार्यसमितिको निर्वाचनबाट अध्यक्षमा रविन्द्र खड्का चुनिएका थिए । यसपटक दाबी गर्ने मध्ये मोहन निराैला अग्रस्थानमा देखिएका छन । मतदान हुने अवस्थामा तीन जना भन्दा बढी उम्मेदवार नहुने बुझिएको छ ।

ठूलोपर्दासँगको सहकार्य

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १९:३३