१८ बैशाख २०८१, मंगलवार | Wed May 1 2024

भिएक्सएल माइग्रेसनले मनायो तेस्रो वर्षगाँठ


२२ पुस, एडिलेड । भिएक्सएल माईग्रेसन एण्ड कन्सल्ट्यन्सले एडिलेड स्थित मुख्य कार्यालयमा तेस्रो वर्षगाँठ मनाएको छ । भने शुक्रवारबाटै फिलिपिन्स रहेको शाखा कार्यालय समेत औपचारिक रुपमा शुरु गरेको छ ।

एडिलेड स्थित मुख्य कार्यालयमा आयोजित कार्यक्रममा निर्देशक दिनेश योगीले तिन वर्ष अवधिमा कम्पनी सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए । भने भर्खरै मात्र नियुक्त निर्देशक कानुन व्यवसायी मोती नरालले अष्ट्रेलियामा आफ्नो संघर्ष र अध्ययनको अनुभव सुनाउदै कम्पनीलाई नयाँ उचाईदिने वताए । कार्यक्रममा सनबिम ईन्टरनेशनल कलेजका विशाल वराल, टोरेन्स कलेजकी लौरा कास्ट्रो, एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसका एडिलेडका महाप्रबन्धक रुपक बर्तौला लगायतका अतिथिहरुले कम्पनिको बर्षगाँठको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा यस अधि नवनियुक्त निर्देशकहरु कानुन व्यवसायी मोती नराल र एनआरएनए अष्ट्रेलियाका पुर्व उपाध्यक्ष समेत रहेका व्यवसायी नविन पन्तलाई परिचय गराईएको थियो ।

कम्पनिका प्रबन्ध निर्देशक भरत तिमिल्सिनाले तिन बर्षको विचमा अष्ट्रेलियाको एडिलेड र नेपालको काठमाडौं सहित श्रीलंका, फिलिपिन्स र भारतमा कार्यालय स्थापना गरि संचालन गरिएको बताउदै निकट भविष्यमा भैरहवा र बुटवलमा समेत कार्यालय शुरु गर्ने बताए । उनले फिलिपिन्समा अगष्टबाट कार्य शुरु गरिएको भएता पनि शुक्रवार औपचारिक शुरुवात गरिएको बताए ।

उनले अष्ट्रेलियामा कम्पनीलाई नेपाली समुदायले निकै सहयोग पुर्याएको बताउदै सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । तिमिल्सिनाले नेपाली समुदायमा सहयोग गर्ने उद्देश्यले नै भिएक्सएल टिटान्स क्रिकेट क्लवको मुख्य प्रायोजन गरेको बताउदै एडिलेड नेप्लिज क्रिकेट एशोसियन, एडिलेड खुकुरी क्लव लगायतका क्लव तथा संस्थाहरुलाई सहयोग गर्दै आएको बताए । उनले कम्पनी विकास र विस्तार संगै समुदायमा पनि थप सहयोग गर्दै जाने समेत बताए ।

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार २३:३०