१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

पूजा शर्माका कारण फेरि विवादमा भुवन केसी, किन विवादमा रमाउँछन केसी ?


१३ पुस, काठमाडौँ । अभिनेत्री पूजा शर्माका कारण चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी फेरि विवादमा तानिएका छन । महिला चलचित्रकर्मीहरूमाथि हुनसक्ने लैङ्गिक हिंसा र शोषण र विभेद विरुद्ध काम गर्ने समितिमा केसीले शर्मालाई नियुक्त गरेपछि उनीफेरि विवादमा तानिएका हुन ।

पल शाह पीडक रहेको बाल यौन दूर्व्यवहारको प्रकरणमा पूजाले सार्वजनिक रूपमै पीडितमाथि थप पीडा हुने व्यवहार प्रदर्शन गर्ने र अभिव्यक्ति दिने काम गरेकी थिइन । शाहविरूद्ध मुद्दा परेपछि शर्माले सार्वजनिक रूपमैु पल मेरो मुटुमा छ भन्दै उनको पक्षमा प्रचार गरेकी थिइन भने पीडित किशोरीको विरूद्धमा अभिव्यक्ति दिएकी थिइन ।

केसीले पुस ८ को मितिमा शर्मालाई नियुक्त गरेको पत्र सार्वजनिक भएपछि सामाजिक सञ्जालमा अधिकारकर्मीहरूले यसको खुलेर बिरोध गरिरहेका छन । उनीहरूले पूजाले लैङ्गिक हिंसा र शोषण र विभेद विरुद्ध कसरी काम गर्न सक्छिन भन्दै प्रश्न समेत उठाएका छन । विवादमा रमाउने केसीको आदत नै भैसकेको उनीबारे जानकारहरू बताउँछन ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १९:५०