१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

अग्नी पराजुली र अस्मिता अधिकारीको स्वरमा डिजे गीत ‘र्‍याट्ट र्‍याट्ट’


११ पुस, काठमाडाैँ । अग्नी पराजुली र अस्मिता अधिकारीको स्वरमा रहेको नेपाली डिजे गीत ‘र्‍याट्ट र्‍याट्ट’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा सरोज प्रजा र आभा थापाको अभिनय रहेको छ । ओम कुमारी पराजुलीको प्रस्तुतीमा बनेको यस गीतमा शब्द तथा संगीत गायक पराजुलीको नै रहेको छ ।

गायक पराजुलीका ‘घायल बन्देउ न’, ‘उर्वशी’ लगायतका गीत चर्चित छन् । डिजे गीतहरु खोज्ने क्रममा नेपाली गीतहरु कम मात्रामा भेटिने भएका कारण यो गीत आफुले ल्याएको पराजुलीले बताए । दिनेश पराजुलीले छायांकन गरेको भिडियोका सम्पादक बिर बहादुर थारु हुन् । यसलाई सुरेन्द्र बसेलले निर्देशन गरेका हुन् भने देव दोर्जे लामाको कोरियोग्राफी रहेको छ ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार २०:४९