१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

काभ्रेका कांग्रेस नेता सालमसिंह लामासहित दुईविरूद्ध ५ करोडको भ्रष्टाचार मुद्दा


४ पुस, काठमाडाैँ । काभ्रेका कांग्रेस नेता सालमसिंह लामासहित दुईविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नदीजन्य पदार्थ उत्खनन सम्बन्धी ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा  काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्ष एवं कांग्रेस नेता सालमसिंह लामा र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछानेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरुविरुद्ध ५ करोड १४ लाख जरिवानाको मागदावी गरिएको छ ।

प्रकाशित मिति : ४ पुष २०७९, सोमबार १०:५८