१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

चिकित्सक संघको अध्यक्षमा डा सन्तोष पौडेल र महासचिवमा डा रक्षा श्रेष्ठले उम्मेदवारी दिने


२ पुस, काठमाडाैँ । नेकपा एमाले निकट चिकित्सकहरुले आगामी माघमा हुने नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा सन्तोष पौडेललाई अध्यक्ष पदमा उठाउने भएका छन् । यस्तै महासचिव पदमा डा रक्षा श्रेष्ठलाई उठाउने निर्णय भएको छ ।

पार्टी निकट चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघको शनिबार बसेको बैठकले अध्यक्ष र महासचिवमा उठने उम्मेद्धारको टुंगो लगाएको हो । बाँकी पदहरु क – कसलाई उम्मेद्धार बनाउने भन्ने विषयमा छलफल चलि रहेको बैठकमा सहभागी एक चिकित्सकले बताए ।

अध्यक्षमा प्रस्तावित डा पौडेल राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत हाडजोर्नी विशेषज्ञको रुपमा कार्यरत छन् । यस्तै डा श्रेष्ठ त्रिवि शिक्षण अस्पताल अन्तरर्गतको सुरेश वाग्ले मेमोरियल क्यान्सर सेन्टरमा क्यान्सर रोग विशेषज्ञको रुपमा कार्यरत छिन् ।

निर्वाचन कार्यतालिका अनुसार आगामी ६ र ७ माघमा उपत्यका बाहिर र १९, २० र २१ माघमा काठमाडौँ उपत्यका भित्र चिर्वाचन हुनेछ । संघको अध्यक्ष देखि सदस्यसम्मका लागि उम्मेद्धारी दर्ता गर्न सोमबारसम्मको समयावधी तोकिएको छ ।

प्रकाशित मिति : २ पुष २०७९, शनिबार १५:३८