१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

विदुर नगरपालिकामामा ४५ करोडको ढल निर्माण तथा प्रशोधन आयोजना शुभारम्भ


२ पुस, नुवाकोट । नुवाकोटको विदुर नगपालिकाको मुख्य बजार क्षेत्रको ढल व्यवस्थापनका लागि ‘विदुर ढल निर्माण तथा प्रशोधन आयोजना’को काम सुरु भएको छ ।

विदुर नगरपालिकाको शहरी भु-भाग २, ४, ५ र ६ न. वडालाई केन्द्रित गरि बनाइएको बहु-प्रतिक्षित करिब ४५ करोड लागत भएको ‘बिदुर ढल निर्माण तथा प्रशोधन आयोजना’ आज सिलन्यास भएको र आयोजना समयमै सम्पन्न भइ नगरबासीलाई लाभ पुग्ने बिश्वास लिइएको उपप्रमुख प्रभाव बोगटीले जानकारी दिएकी छिन ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनमार्फत सञ्चालन गर्न लागिएको आयोजनाको विदुरका नगरप्रमुख राजन श्रेष्ठले शुक्रबार शुभारम्भ गरे । नगरप्रमुख श्रेष्ठले विदुर नगरपालिकाको मुख्य–मुख्य बजार क्षेत्र भएर बग्ने ढललाई एकीकृत गर्न र त्यसलाई प्रशोधन गरेर शुद्धिकरण गर्न महत्वका रुपमा लिइएको आयोजनालाई तोकिएको समयभित्र सम्पन्न गर्न नगरपालिकाका तर्फबाट आवश्यक सहयोगको प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २ पुष २०७९, शनिबार ०८:४२