१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

पाँच लघुवित्तले घोषणा गरे लाभांश, कुनको लाभांश कति ?


२२ मंसिर, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ५५ वटा लघुवित्त कम्पनीमध्ये हालसम्म पाँच लघुवित्तले मात्र आर्थिक वर्ष २०७८/७९ को लाभांश घोषणा गरेका छन्।

साना किसान लघुवित्त, आरएमडिसी लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, आरएसडिसी लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तले गत वर्षको मुनाफाबाट लाभांश दिने घोषणा गरेका हुन्।

१) जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था कम्पनीले यो वर्ष ७६.८५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.८५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।

२)  आरएसडिसी लघुवित्त

आरएसडिसी लघुवित्तले गत वर्षको मुनाफाबाट सेयरधनीहरूका लागि  हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश दिन लागेको हो।

३) फर्स्ट माइक्रोफाइनान्स लघुवित्त

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले यो वर्ष २० प्रतिशत लाभांश वितरण गर्न लागेको हो। कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।

४) आरएमडिसी लघुवित्त

आरएमडिसी लघुवित्तले यो वर्ष २७.३७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद लाभांश दिने भएको हो।

५) साना किसान लघुवित्त

साना किसान लघुवित्तले यो वर्ष २७.३७ प्रतिशत नै लाभांश दिने निर्णय गरेको छ। कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद लाभांश दिन लागेको हो।

यी पाँच वटै कम्पनीको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पछि बैंकको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूमा वितरण हुनेछ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार १५:३८