१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

आाज यस्ताे छ तरकारी तथा फलफूलको मूल्य


२० मंसिर, काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंलबार कालो अंगुर २१ रुपैयाँले घटेर सोको औसत मूल्य प्रतिकेजी ३२५ रुपैयाँ रहेकाे जनाएकाे छ ।

हरियो अंगुर ३३५ रुपैयाँ, अदुवा र नेपाली ठूलो गोलभेडा ५५ रुपैयाँ, अनार रु २२ ले घटेर ३१३ रुपैयाँ ३३ पैसा, अमला ६६ रुपैयाँ ६७ पैसा रहेकाे समितिले जनाएकाे छ ।

अम्बा १४० रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ५३ रुपैयाँ, सेतो आलु ४२ रुपैयाँ ५० पैसा, उखु प्रतिवटा ८५ रुपैयाँ, स्थानीय काउली २३ रुपैयाँ , कागती ११० रुपैयाँ, किवि २३३ रुपैयाँ ३३ पैसा, अकबरे खुर्सानी ३५ रुपैयाँले बढेर २७५ रुपैयाँ कायम रहेको छ ।

लोकल गाजरको औसत मूल्य प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा, गान्टे मूला ८६ रुपैयाँ ६७पैसा, गुन्दुक ३२५ रुपैयाँ, टनेल गोलभेडा ३३ रुपैयाँ २० पैसा , राजमा घिउ सिमी ११६ रुपैयाँ ६७ पैसा, घिरौँला ८६ रुपैयाँ ६७ पैसा, चमसूरको साग ९६ रुपैयाँ ६७, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ ४० घटेर ३३० रुपैयाँ कायम रहेको छ ।

तितो करेला ६६ रुपैयाँ, तोरीको साग ४६ रुपैया ६७ पैसा, लोकल परवर ५६ रुपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ३५ रुपैयाँ र हरियो धनिया १४० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलवार १२:०१