१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपाल टेलिकमको रिचार्ज कार्डबाट मोबाइल रिचार्ज गर्दा बोनस डाटा पाइने


१९ मंसिर, काठमाडाैं । नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरेबापत ग्राहकलाई बोनस डाटा उपलब्ध गराउने भएको छ।

ग्राहकले रु. २००, रु. ५०० र रु. १००० दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो। रु. २०० को रिचार्ज कार्ड प्रयोग गर्दा यसबापत १ दिन प्रयोग गर्न सकिने १ जीबी डाटा र रु. ५०० को रिचार्ज कार्ड प्रयोग गर्दा यसबापत ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा उपलब्ध हुनेछ।

त्यसैगरी रु. १००० को रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा बाेनस स्वरुप प्राप्त हुनेछ। यो अफर भोलि (२०७९ मंसिर २०) देखि आगामी पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुका लागि उपलब्ध हुनेछ। यस अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले राखेको छ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार १३:५२