१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

८ मंसिर, सिड्नी । एनएसडब्ल्यू नेप्लिज गल्फर टिमको आयोजनामा गल्फ लिग हुने भएको छ । नेपाली गल्फरहरुका बिच हुने लिग नोभेम्बर २७ तारिख आईतबार सिड्नीको फक्स हील गल्फ कोर्समममा सुरु हुने भएको लिगका संयोजक सुदिप बास्तोलाले बताए ।

नेपाली खेलाडीलाई प्रोत्साहन गर्दै खेल क्षेत्रलाई अगाडी बढाउने उद्धेश्यले आयोजित लिग अन्तर्गत प्रत्येक महिनामा एक खेल हुने र ८ महिनामा मात्रै लिगका फाईनल खेल हुने उनले बताए । नेपाली गल्फर दिपक पहारीका अनुसार विगत वर्षहरुमा पनि च्यारिटी गर्दै आएको टिमले यस बर्ष आयोजना गर्ने लिगले नेपाली खेलाडीहरुमा थप प्रतिस्प्रधा क्षमताको बिकास गर्ने बताए ।

कलेज क्राउन ईन्स्टिच्यूट अफ विजनेश एण्ड टेक्नोलोजिले प्रायोजक रहेको लिगमा सहभागी हुन अष्ट्रेलियन डलर १० लाग्ने तथा खेल स्टेबलफोर्ड अनुसार हुने जनाएको छ । लिगमा रनर अप, लगेंस्ट ड्राईभ र नियरेष्ट पिन अनुसार हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १७:५७