१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

दोहोरो अंकले बढ्याे सेयर बजार, कारोबार भने घट्यो


८ मंसिर, काठमाडाैं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा हरियाली आएको छ । चुनाव पछिका २ कारोबारमा सामान्य घटेको सेयर बजारमा आज भने सुधार देखिएको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.५६ अकंले बढेर १९३३.५५ बिन्दुमा बन्द भएको छ । बिहिबार २३२ कम्पनीको २५ लाख ६९ हजार २२९ कित्ता सेयर किनेबेच हुदाँ ९२ करोड ५१ लाख ७४ हजार ३८० रुपैयाँको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये आज निर्जीवन बीमा उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। आज घलेम्दी हाईड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस दिन किसान लघुवित्तको सेयर मूल्यमा गिरावट भएको छ । बिहीबार साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयर सर्वाधिक खरिद बिक्री भएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १५:२९