१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

सिद्धार्थ इन्स्योरेन्सले घाेषणा गर्याे लाभांश, कहिले पाउन सेयरभनीले ?


३० कार्तिक, काठमाडाैं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले हाल कायम चुक्तापुँजीकाे ९ .४७३७ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे । प्रस्तावित लाभांश कम्पनीले बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्ने र प्रिमियर इन्स्योरेन्ससँग मर्जरपश्चात एकीकृत कारोबार भएपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार ११:०५