१८ बैशाख २०८१, मंगलवार | Wed May 1 2024

युनिलिभर नेपालले घोषणा गर्यो लाभांश, बुकक्लोज कहिले?


१७ कार्तिक, काठमाडाैं । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्दै सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको हो।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लागि प्रति कित्ता १ हजार २१५ रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कम्पनीले लाभांश वितरण प्रयोजनार्थ आउँदो मंसिर ४ गतेदेखि मंसिर २० गतेसम्म बुक कलोज गर्ने निर्णय गरेको छ। यस अनुसार मंसिर १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार १०:३४