१८ बैशाख २०८१, मंगलवार | Wed May 1 2024

आज पनि बढ्याे सुनकाे मूल्य, कति पुग्यो ताेलाकाे ?


१६ कार्तिक,काठमाडाैं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो।

बुधबार छापावाल सुनकाे मूल्य प्रतितोला ९३ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लाे काराेबारकाे दिन मंगलबार पनि सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको थियो। मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार २२५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा १५ रुपैयाँले बढेर १ हजार २१५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार १०:५६