१८ बैशाख २०८१, मंगलवार | Wed May 1 2024

बढ्यो सुनकाे मूल्य, कति पुग्यो तोलाको ?


१५ कार्तिक, काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेकाे छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो। मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ६०० रुपैयाँ काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।

हिजो सोमबार सुनको मूल्य स्थित रहेको थियो। साे दिन छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन ९२ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो। आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार २१५ रुपैयाँ कायम भएको छ। साेमबार चाँदीकाे मूल्य स्थिर रहँदै  १ हजा २०० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलवार ११:००