१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

आज कतिमा हुँदै छ सुनचाँदीको कारोबार ?


१४ कार्तिक, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन नेपाली बजारमा साेमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहँदै छापाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन ९२ हजार ५०० रुपैयाँ कायम भएको छ।

हिजो आइतबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको थियो। आइतबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन ९२ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियो।

आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलामा १ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार ११:०१