१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

होण्डाको तिहार एक्सचेन्ज महोत्सवः पहिलो २५० ग्राहकले न्यूनतम ५० हजार मूल्यांकन पाउने


३ कात्तिक, काठमाडाैं । होण्डा टु व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले “तिहार एक्सचेन्ज महोत्सव” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यो योजना अन्तर्गत ग्राहकहरूले, प्रत्येक एक्सचेन्जमा थप रु. सात हजार वा दशैं/तिहार योजना रोज्न सक्नेछन् ।

त्यसैगरी, होण्डाका पहिलो २५० ग्राहकहरूले एक्सचेन्जको न्यूनतम मूल्याङ्कन रु. ५०,००० पाउनेछन् । योजना २०७९ कात्तिक १ देखि ६ गते सम्म सीमित अवधिको लागि मात्र लागू हुनेछ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार २०:४०