१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

काठमाडाैँमै प्रभु बैंकले पाँच हजार पनि क्यास दिन नसकेपछि ग्राहक फिर्ता पठायो


९ असोज, काठमाडौँ । प्रभु बैंकले आफ्नो पैसा झिक्न गएका ग्राहकलाई फिर्ता पठाइदिएको छ । दसैँको मुखमा खातामा भएको पैसा झिक्न लामो लाइनमा बसेका ग्राहकलाई प्रभुखले पैसा छैन भनेर फिर्ता गरिदिएको हो ।

तारकेश्वर नगरपालिकाको झरङ्खुमा रहेको प्रभु बैंकको शाखामा १० बजेदेखि लाइनमा राखेर १ बजे पैसा छैन सकियो भन्दै फिर्ता गरिदिएको पीडित शिव मुडभरीले जानकारी दिए । उनले तीन घण्टामा लाइनमा राखेर पैसा राख्नु छ भने बस्नुस झिक्नु छ भने पैसा छैन घर जानुस भन्दै फिर्ता गरिएको बताए ।

जरङ्खुको शाखा प्रभुको नयाँ शाखा हो । पाँच हजार रूपैयाँ निकाल्नका लागि चेकसहित लाइनमा बसेका स्थानीय शम्भु ढुंगेलले पनि लामो समय लाइनमा राखेर पैसा सकियो भनेर ग्रहकलाई फिर्ता गराएको भन्दै आक्रोश व्यक्त गरे । बैंकको व्यस्थापकीय कमजोरीका कारण सयौँ ग्राहकले दुःख पाएको उनले बताए ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आईतवार १३:५२