१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल भोलि एमाले प्रवेश गर्ने, बाराबाट चुनाव लड्ने तयारी


५ असोज, काठमाडौँ । नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने भएका छन । उनले बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटपछि एमाले प्रवेशको निर्णय लिएका हुन ।

दैनिकीसँग कुरा गर्दै खनालले आफू एमाले प्रवेश गर्ने निर्णयमा पुगेको जानकारी दिए । उनले एमाले भन्दा बाहेकको उत्कृष्ट पार्टी अहिलेको अवस्थामा देशमा नरहेको बताए । उनले बारा, पर्सा वा रौतहट मध्ये एक स्थानबाट चुनाव लड्ने जानकारी दिए ।

एमाले अध्यक्ष ओलीले खनाललाई बिहीबार बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गराउनेछन ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार २०:१८