८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

हेलिकप्टर चढेर एमाले प्रवेश गरेका नुवाकोटका योविन्द्रसिंह तामाङ पनि कांग्रेसमै फर्किए


५ असोज, काठमाडौँ । नुवाकोटबाट हेलिकप्टर चढेर ललितपुर आएर नेकपा एमाले प्रवेश गरेर गाउँपालिका अध्यक्षको टिकट लिएर गएर योविन्द्रसिंह तामाङ पुनः कांग्रेसमै फर्किएका छन । तामाङ मंगलबारदेखि कांग्रेस नेताको हैसियतामा पुरानै भूमिका फर्किएका छन ।

केहीदिनअघि दैनिकीमा सुनबहादुर तामाङ सुटुक्क कांग्रेस फर्किएको समाचार प्रकाशित भएको भोलिपल्टै नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको घरमा पुगेर आफू एमालेमा क्रियाशिल हुने बताएका तामाङ मंगलबार बिहान कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले नै नुवाकोट १ बाट चुनाव लड्नुपर्छ भन्ने डेलिगेशनमा मिसिएका छन ।

मैनाली सोही क्षेत्रमा एमालेबाट उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस भएका छन । मैनाली निवासमा पुगेर एमालेको गतिबिधिमा सहभागी हुने प्रतिवद्धता जनाएका तामाङ मंगलबारदेखि अब कांग्रेसको अभियानमा क्रियाशिल भएका छन ।

नुवाकोट कांग्रेसका नेताहरूसँगै उनी पनि महत निवासमा १ नम्बर माओवादीलाइ नछाडी चुनाव लड्न माग गर्ने समूहमा मिसिएका हुन । कांग्रेसबाट एमाले प्रवेश गरेका चार जना मध्ये अब सुशील खड्का मात्र एमालेमा रहेका छन । उनी पनि टिकट नपाउँदा पुन कांग्रेसमै फर्किने गरी कांग्रेस नेताहरूको सम्पर्कमा रहेको बुझिएको छ ।

खड्का हाल एमालेको जिल्ला कमिटी सदस्य छन भने क्षेत्र नम्बर १ को प्रदेशसभा क बाट प्रदेशसभामा उम्मेदवारको रूपमा ८ जनामा सिफारिस भएका छन । उनीहरू गत वैशाखमा कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका थिए ।

हेलिकप्टर चढेर एमाले प्रवेश गरेका नुवाकोटका चर्चित सुनबहादुर सुटुक्क कांग्रेसमै फर्किए

नुवाकोट एमालेको सम्पर्कमा आए योविन्द्र तामाङ, अब चुनावी प्रचारमा हिड्ने

नुवाकोटको दुप्चेश्वर गाउँपालिका अध्यक्ष तामाङ कांग्रेस परित्याग गरेर एमाले प्रवेश

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार १२:५२