१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

भिक्टोरिया र एडिलेडका दुई क्लव विच मैत्री पुर्ण खेल हुँदै


३ असाेज, एडिलेड । नेप्लिज टेनिस क्लब अष्ट्रेलियाको आयोजनामा एडिलेडमा नेप्लिज कम्युनिटी टेनिस क्लव भिक्टोरिया र नेप्लिज टेनिस क्लब अष्ट्रेलिया बिच सेप्टेम्वर २३-२४ मैत्रीपुर्ण खेल हुने भएको छ ।

नेप्लिज टेनिस क्लब अष्ट्रेलियाका सचिव बलराम भण्डारीले खेल म्यारियन टेनिस क्लवमा हुने बताए । नेपाली समुदायका खेलाडीहरु विच हुने खेलमा डबल र सिङ्गल समुहमा हुने खेलमा एडिलेडबाट १२ जना र भिक्टोरियाबाट ९ जना खेलाडीहरु सहभागी हुने जनाइएको छ ।

नेप्लिज टेनिस क्लब अष्ट्रेलियाका अध्यक्ष सुपक अधिकारीले क्लवले विगत बर्षहरुमा साउथ अष्ट्रेलियामा विभिन्न प्रतियोगिताहरु गर्दै आएको बताए । उनले खेलाडीहरुमा नयाँ अनुभव तथा थप प्रतिष्प्रधी क्षमताको विकास गर्न यस पटक भिक्टोरियाका खेलाडीहरु आमन्त्रण गरि खेलको आयोजना गरिएको बताए ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार १५:१५