१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

साफ महिला च्याम्पियनशिपमा भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा


३१ भदाै, काठमाडाैं ।  साफ महिला च्याम्पियनशिप अन्तर्गत दाेस्राे सेमिफाइनलमा नेपालले भारतलाई हराउँदै फाइनलमा पुगेकाे छ । दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले भारतलाई १–० गाेलले हरायाे । नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलाे हाफकाे इन्ज्युरी समयमा गाेल गरिन् । घिसिङले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्रबाट गोलमा परिणत गरिन् ।

अब नेपालले फाइनलमा बङ्ग्लादेशसँग खेल्नेछ । आजै भएकाे पहिलाे सेमिफाइनलमा भुटानलाई ८–० गाेलले हराउँदै बङ्ग्लादेश फाइनलमा पुगेकाे हाे । फाइनल खेल साेमबार बेलुकी ५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार २०:०५