१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

भुटानलाई ८–० गोल अन्तरले हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा


 ३१ भदाै, काठमाडाैं । बंगलादेश छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलकाे फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ८–० गोल अन्तरले हराउँदै बंगलादेश उपाधि नजिक पुगेको हो ।

बंगलादेशलाई जित दिलाउन सबिना खातुनले ह्याट्रिक गरिन् । यस्तै मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र तोहुरा खातुनले १/१ गोल गरिन् ।

पहिलो हाफमा ४-० गोलको अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा थप ४ गोल गर्यो । अब बंगलादेशले उपाधिका लागि नेपाल र भारतबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार १५:३५