१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

बलात्कार आरोपपछि सन्दीपलाई सिपिएलले पनि हटायो, अब कहिले फर्केलान नेपाल ?


२४ भदौ, काठमाडौँ । बलात्कार आरोपपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई क्यारेवियन प्रिमियर लिग ९सिपिएल०ले टिमबाट हटाएको छ । सन्दीप पछिल्लो पटक वेस्टइन्डिजको जमैका तालावासका लागि बिक्री भएका थिए ।

क्रिक इन्फोले लामिछानेलाई हटाएको जनाकारी दिएको छ । यसअघि लामिछानेले ट्वीट गर्दै आफू सिपिएल छाडेरै नेपाल फर्किने र निर्दोष रहेको बताएका थिए । अहिलेसम्म भएको सिपिएलको तीन खेलमा लामिछानेले मैदानमा भूमिका पाएका छैनन् । क्लबले लामिछानेले लिगबाट हटाएको जनाएको छ ।

१७ वर्षीय कोशिरीलाइ बलात्कार गरेको आरोपपछि सन्दीपमाथि जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको छ भने क्यानले बिहीबार नै निलम्बन गरेको छ । उनले ट्वीटमा पनि नेपाल फर्किने उल्लेख गरिसकेको र क्लबले पनि हटाएपछि अब उनी कहिले नेपाल फर्किन्छन त्यो भने उनको निर्णयमा भर पर्छ ।

विगतमा खेल खेलेर स्वदेश फर्किदाँ सयाैँ शुभचिन्तक उनलाइ लिन विमानस्थलमै पुग्ने गरेको भए पनि यसपटक उनीलाइ प्रहरीले हत्कडी लगाएर सिधै हिरासतमा पुर्याउने सम्भावना छ । उनी चिनिएको अनुहार भएको र प्रक्राउ पुर्जी जारी भैसकेका कारण उनी सीधै हिरासतमा पुग्नेछन ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार १४:३४