१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

भारत एसिया कप २०२२ बाट बाहिरियो, फाइनलमा श्रीलंकाले पाकिस्तानको सामना गर्ने


२३ भदाै, काठमाडाैँ । भारत एसिया कप २०२२ बाट बाहिरिएको छ । बुधबार भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई एक वीकेटले पराजित गरेसँगै भारत पनि खेलबाट बाहिरिएको हो ।

योसँगै भारत र अफगानिस्तानको फाइनलमा पुग्ने सपना यसपटकका लागि अधुरै भएको छ । अब ११ सेप्टेम्बरमा दुबईमा हुने फाइनल खेलमा श्रीलंकाले पाकिस्तानको सामना गर्नेछ ।

भारतीय टिमले भोलि दुबैमा हुने सुपर ४ को अन्तिम खेलमा अफगानिस्तानलाई हराए पनि अंक तालिकाका कारण फाइनलमा पुग्न सक्ने छैन । भारतले अफगानिस्तानलाई हराए जम्मा २ अंकमात्र जोड्न सक्नेछ । पाकिस्तान र श्रीलंकाको ४(४ अंक रहेको छ । सुपर ४ को अझै २ खेल बाँकी रहेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार ००:००