१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

महिला साफ फुटबल: भुटानमाथि नेपाल ४-० ले विजयी


२१ भदाै, काठमाडाैं । साफ च्याम्प्यिनसीपको उद्घाटन खेलमा नेपालले पहिलो जित हासिल गरेको छ । भुटानमाथि नेपालले ४–० को सहज जित निकालेको हो । नेपालका लागि सावित्री र अनिता बस्नेतले २–२ गोल गरे । मध्यान्तरअघि १ गोल गरेको नेपालले मध्यान्तरपछि ३ गोल थपेको थियो ।

खेलको १२ मिनेटमा सावित्रीले नेपालका लागि पहिलो गोल गरिन्। ६७ मिनेटमा सावित्रीले नेपालको अग्रता दोब्बर पारिन्। ७२ मिनेटमा नेपालका लागि अनिता बस्नेतले तेस्रो गोल गरिन्। उनले डिबक्स बाहिरबाट हानेको सशक्त प्रहारले सिधै जाली चुमेको थियो। अनिताले ८४ मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरिन्।

समूहमा नेपाल र भुटानसहित श्रीलंका छ। अब नेपालले आफ्नो दोस्रो खेल भदौ २७ मा श्रीलंकासँग खेल्नेछ। भोलि समूह ‘ए’ का खेल हुँदैछन्। दिउँसाे एक बजे भारत र पाकिस्तान तथा साँझको खेलमा बंगलादेश र माल्दिभ्स खेल्दैछन्।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलवार १९:३८