२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

कृषि क्षेत्रका लागि प्रभु बैंकको नयाँ कर्जा सेवा सम्बन्धी अन्तरक्रिया

८ भदाै, सुर्खेत। प्रभु बैंक लिमिटेडले कृषि क्षेत्र विकास कार्यक्रम (एएसडिपी)को लाभग्राहीका लागि प्रभु बैंकले अन्तरक्रिया गरेको छ । बैंकले सुर्खेतको वीरेन्द्रनगरमा एएसडिपीको लाभग्राहीका लागि प्रभु बैंक लिद्घारा विकसित नयाँ कर्जा सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कृषि क्षेत्र विकास कार्यक्रम कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको आर्थिक सहयोगमा नेपाल सरकारको संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्धारा सञ्चालित कार्यक्रम हो । कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बसोवास गरेका जनताहरुको गरिवी तथा पोषण असुरक्षा न्यूनिकरण गरी नेपालको दिगो विकास लक्ष्य गरिवी बिहीन र लक्ष्य शून्य भोकमरी प्राप्तिमा योगदान पुर्याउनु यस कार्यक्रमको लक्ष्य रहेको बैंकले जनाएको छ ।

भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, कर्णालीका सचिव डा. लेखराज दाहाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रमा प्रभु बैंक लि.का सीबीसीओका सुनिल राना लगायत कर्णाली प्रदेश अन्तर्गतका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

एएसडिपीका संयोजक विनोद कुमार भट्टराईले एएसडिपीको परिचयसहित यस कार्यक्रमको कार्यक्षेत्र तथा काम गर्ने तरिकाको बारेमा जानकारी गरका थिए ।

प्रभु बैंकका माइक्रोफाइन्नास विभागका चन्द्र बहादुर खत्रीले एएसडिपीको लाभग्राहीका लागि सहज र सरल तरिकाबाट कर्जा उपलब्ध गराउनका लागि छुट्टै लोन प्रोडक्ट बनाई कार्यान्वयन गरिने जानकारी गराउँदै कर्णाली प्रदेश तथा सो अन्तर्गतका शाखा प्रमुखहरुलाई यस कार्यक्रम अन्तर्गतका लाभग्राहीहरुलाई सहज रुपमा कर्जा प्रवाह गराई वित्तिय साक्षरता समेत उपलब्ध गराउन आग्रह गरे ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार २२:००