१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

कर्मचारीको तलब मिलाउन माओवादी नेता लिलामणि पौड्यालको संयोजकत्वमा समिति


७ भदौ, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पौड्यालको संयोजकत्वमा कर्मचारीको तलब समान बनाउन उच्चस्तरीय समिति गठन भएको छ । माओवादी पार्टीमा प्रवेश गरेर केही वर्ष यता पार्टीका कार्यकर्तालाइ प्रशिक्षण दिने भाषण गर्ने काममा व्यस्त रहेका पौड्याललाइ चुनावको मुखमा कर्मचारीको तलब मिलाउन भन्दै सरकारले उच्चस्तरीय समितिको संयोजक बनाएको हो ।

पौडेल नेपाल सरकारका पूर्व मूख्यसचिव हुन । उनलाइ सरकारले यसअघि माओवादीकै कोटामा चीनको राजदूत पनि बनाएको थियो । लिलामणि पौड्यालको संयोजकत्वमा कर्मचारीको तलब एउटै बनाउन गठन भएको समितिमा अन्य दुइ जना सदस्य रहेका छन ।

एउटै तहका कर्मचारीहरुको तलब समान बनाउनका लागि पौडेलको संयोजकत्वमा उच्चस्तरीय अध्ययन समिति गठन गरेको हो। अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले पौड्यालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । समान तलब नभएको भन्दै कर्मचारीहरू आन्दोलित छन ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलवार ०९:५९