१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

नयाँ संविधानमा हस्ताक्षर नगर्ने कांग्रेसका एकमात्र सांसद थिए प्रदीप गिरी


५ भदौ, काठमाडौँ । समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका वौद्धिक नेता स्वर्गीय प्रदीप गिरी आफ्नो अडानमा चट्टानजस्तै उभिने नेता थिए । उनले ९० प्रतिशत भन्दा बढी संविधानसभा सदस्यले हस्ताक्षर गरेको नेपालको २०७२ सालको संविधानमा हस्ताक्षर गरेनन् ।

गिरीले संविधान पारित गर्ने संविधानसभाको बैठक नै बहिष्कार गरेका थिए । उनले संविधानको भाषा र केही विषयवस्तुमा असन्तुष्टि जनाउँदै त्यतिखेर सदन बहिष्कार गरेको बताएका थिए । गिरीले उक्त कुरा पछि पनि आफ्नो विभिन्न खालको सम्बोधनमा उल्लेख गर्ने गरेका थिए ।

संयोग नै मान्नुपर्छ गिरीले २०७८ साल साउन १५ गते शुक्रबारका दिन अहिलेको परामादेशी गठबन्धनलाइ शुभकामना दिँदै संसदमा गरेको भाषण उनको संसदको अन्तिम भाषण बनेको छ । त्यस दिन पनि गिरीले २०७२ सालको संविधानमा हस्ताक्षर नगर्ने नेपाली कांग्रेसको आफू एक्लो सांसद भएको बताएका छन । उनले संविधानको भाषा र विभिन्न अन्तरवस्तुमा आफ्नो असहमति राखेको बताएका थिए । गिरीले संसदमा गरेको उक्त अन्तिम सम्बोधन तल सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आईतवार १६:१२