१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

एन्का अध्यक्षमा पुन: जोशी , नेपाल कप सहित बिभिन्न कार्यक्रम गर्ने घोषणा


१ भदाै, एडिलेड । एडिलेड नेप्लिज क्रिकेट एसोशियसनए(एन्का)को साधारण सभाले बिजय जोशीलाई पुन: अध्यक्षमा निर्वाचित गरेको छ । साधारण सभाले अध्यक्ष जोशी सहित उपाध्यक्ष डोलकर गुरुङ, सचिब सन्तोष अधिकारी, कोषाध्यक्ष दिपश राज पाण्डे, जनसम्पर्क अधिकारी दिपक क्षेत्री, सदस्यहरुमा बिनिता सिह, पारस जोशी, मधुकर पौडेल, सबु पौडेल, दिप्सन खड्का रहेका छन् । यसै गरि सभाले एन्कादुतमा साउथ अष्ट्रेलियाकी पुर्व मन्त्री तथा सांसद जिङ् ली र सल्लाहकारमा पारा ओलम्पियन क्याट्रिना ओएभलाई चयन गरेको छ ।

२०१४मा स्थापित एन्का अन्तर्गत ६ वटा क्रिकेट क्लबहरु रहेका छन् । एन्काले बर्ष २०२२/२३ मा नेपाल कप, एक्सपट एन्का सुपर लिग, दशै कप, जुनियर टुनामेन्ट, उलवर्थ क्रिकेट बलास्ट, एन्का सुपर सिक्स टुनामेन्ट , फरक क्षमता भएकाहरुका लागि क्रिकेट प्रतियोगिता सहित रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ | भने साउथ अष्ट्रेलियन क्रिकेट एशोसियसनद्वारा आयोजित विभिन्न प्रतियोगिताहरु सहभागी हुने सहितको कार्य योजना समेत सार्वजनिक गरिएको छ ।

पुन: अध्यक्षमा निर्वाचित जोशीले समुदायको सहयोग र सहभागीतामा आगामी दिन कार्यक्रमहरु गर्दै जाने बताए । उनले खास गरि क्लवहरु, खेलाडीहरु सहित सिङ्गो नेपाली समुदायबाट गत वर्षहरुमा भन्दा अझै बढि साथ र सहयोग पाउने विश्वास व्यक्त गरे । उनले एन्काका प्रतियोगिता तथा प्रशिक्षणहरुमा नेपाली बाहेक अन्य समुदायको पनि सहभागीता बढ्दै गएकाले बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपाली समुदायका लागि खुशीको कुरा भएको बताए ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार १४:२८