१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

नुवाकोटको संस्कृत माविका लागि नुवाकोट अमेरिका सम्पर्क समितिको सहयोग


३१ साउन, अमेरिका । नुवाकोटबाट अमेरिका आई बसोबास गर्ने नेपालीहरूको संगठित संस्था नुवाकोट अमेरिका सम्पर्क समितिले शहिद जगत प्रकाशजंग शाह संस्कृत माध्यामिक विद्यालयलाई सहयोग गरेको छ ।

नुवाकोटको विदुर नगरपालिकाको वडा नम्बर ५ देवीघाटमा रहेको संस्कृत माध्यामिक विद्यालयलाई समितिले एक लाख त्रिपन्न हजार पाँच सय चौवालिस रुपैया सहयोग गरेको हो । विद्यालयका विद्यार्थीको खानपान र आवासका लागि उक्त सहयोग प्रदान गरिएको समितिका प्रचार विभाग प्रमुख जनकराज ढुंगानाले जानकारी दिए ।

अंग्रेजी माध्यमबाट अध्यापन गराउनुका साथै विद्यालयले वेद वेदाङ्ग आदि विषयहरू गुरुकुलीय वातावरणमा आवसीय सेवा सुविधा सहित निःशुल्क अध्ययन गराईरहेको छ । विद्यार्थीका लागि खानपान र बसोबासका लागि  खर्च अभाव हुँदै गए पश्चात सवै पक्षलाई सहयोगको लागि आग्रह गरिएको र सोही अनुसार नुवाकोट अमेरिका सम्पर्क समितिले सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डंगोलले दैनिकीलाई जानकारी दिए ।

नुवाकोट अमेरिका सम्पर्क समितिले केहि महिना अगाडिदेखि शिक्षादिक्षा सहयोग परियोजना शीर्षकराखी सहयोग हस्तान्तरण कार्यक्रम सञ्चालन गरिरहेको छ । जस अन्तर्गत संस्थाले करिब २० वटा विद्यालयलाई दश लाख रूपैयाँ सहयोग गरिसकेको सभापति विज्ञान खनालले जानकारी दिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलवार ०७:४१