१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममै किन सम्झिए श्रीमती र भाइलाई ?


२९ साउन, काठमाडाैँ । नेकपा भित्रको अन्तरकलहका कारण आफ्नै नेतृत्वको सरकार जोगाउन नसकेको आरोप खेपेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको भाषणकला र समृद्ध नेपालप्रतिको अडान भने चानचुने छैन ।

राजनीतिमा नातावाद र कृपावादको विरोध गर्दै आएका मात्र होइन आफ्नो निजी सम्पत्ति ट्रष्टको नाममा दिने घोषणा गरिसकेका पूर्व प्रधानमन्त्री ओलीले आइतबारको एक कार्यक्रममा आफ्नी श्रीमती राधिका शाक्य र भाइको उदाहरण दिँदै एमालेमा ‘नो नातावाद’ को स्पष्ट जनाउ दिएका हुन् ।

उनले आफ्नी श्रीमती दुई विषयमा स्नातक गरेको र बैँकको पूर्व कर्मचारी भएकाले राजनीतिमा आउन सक्ने सम्भावना भएर पनि आफूमाथि नातावादको टिप्पणी आउला भनेर तथा आफ्नो स्वास्थ्यमा रेखदेख गर्नुपर्ने भएकाले राजनीतिमा नलगोको स्ष्ट गरेका छन् । उनले आफ्ना भाइ झापामा हलो जोतेर बसेको समेत स्मरण गराएका छन् ।

झापाको भद्रपुर नगरपालिकाअन्तर्गत वडा कमिटीको सदस्य रहेका आफ्ना भाइलाई आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा उम्मेदवार बनाउने कुनै सम्भावना नरहेको उनले खुलाइदिएका छन् ।

उनले आफ्ना परिवारका सदस्य भएका नाममाा पार्टी र पदमा कुनै स्थान नदिएको स्मरण गराएर प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई गतिलो प्रहार गरेको सहजै बुझ्न सकिन्छ ।

प्रधानमन्त्री देउवाले वर्तमान गठबन्धनबाट अब प्रधानमन्त्री हुने अवसर आएमा एउटा चरणमा आफ्नी पत्नी डा आरजु देउवा र अर्काे चरणमा अध्यक्ष दाहाललाई प्रस्ताव गर्ने तयारी गरेको चर्चा सेलाएको छैन । अध्यक्ष दाहालको पछिल्लो भारत भ्रमणका बेला भारतीय संस्थापन पक्षका नेताको उपस्थितिमा अध्यक्ष दाहाल र डा देउवाको भेटवार्तासमेत भएको थियो ।

आफ्नी छोरी रेणु दाहाललाई नेपाली काँग्रेसको सहयोग लिएर भरतपुर महानगरपालिकाको प्रमुखका दोस्रो पटक विजयी गराएका छन् । नेता नेपालले आफ्नी भाइलाई नियुक्ति दिलाएका थिए ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आईतवार २१:०७