२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

नेकपा (एमाले)को १२ केन्द्रीय विभागमा सचिवको मनोनयन, यी हुन सचिवहरू

२६ साउन, काठमाडाैँ । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठकले विभिन्न १२ केन्द्रीय विभागमा रिक्त रहेका सचिव मनोनयन गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले सचिवहरूको मनोनयन गरेको हो ।

बैठकपछि एमालेले जारी गरेको विज्ञप्ति अनुसार भूमि व्यवस्था विभागमा आरसी लामिछाने, विज्ञान तथा प्रविधि विभागमा सन्जीव रोकाहा र शहरी विकास विभागमा गजेन्द्र थपलिया सचिव चयन भएका छन ।

यस्तै सुन्दर भुसाल– उद्योग, बाणिज्य तथा आपूर्ति विभाग, विमल शर्मा– कृषि तथा पशुपन्छी विकास विभाग, सुरज अधिकारी– पुस्तकालय तथा अभिलेख, घनेन्द्र श्रेष्ठ– पर्यटन प्रबद्र्धन तथा नागरिक उड्डयन विभाग, मेघराज पौडेल– युवा तथा खेलकुद विभागको सचिव भएका छन ।

त्यस्तै एस.जी.शर्मा– भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, सोभियत ढकाल– विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग, केवी उप्रेती–सहकारी तथा गरिबी निवारण विभाग, पुष्कर खाती–सामाजिक सुरक्षा विभागको सचिव भएका छन ।

(नोटः यसअघि भुलवस आरसी लामिछानेको भनेर फरक व्यक्तिको तस्बिर प्रयोग हुन गएकोमा क्षमायाचनासहित सच्याइएको छ– सम्पादक)

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार २०:३६