२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज, यस्ता छन एजेण्डा


२६ साउन, काठमाडाैँ । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय च्यासमा मध्यान्ह १२ बजेपछि बैठक बस्ने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले दैनिकीलाई जानकारी दिए ।

बैठकले केन्द्रीय कमिटीको बैठक तोक्ने सम्भावना रहेको छ । बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको आगामी चुनावको तयारीका लागि विभिन्न समितिहरू बनाउने विषयमा पनि छलफल हुने बुझिएको छ ।

एमालेले चुनावी प्रयोगजनका लागि सोमबार निर्वाचन आयोगमा दल दर्ता गरिसकेको छ । बैठकले सांगठनिक गतिबिधिका बारेमा पनि केही महत्वपूर्ण निर्णय गर्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार ०९:४३