१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

प्रदेश १ का मुख्यमन्त्री राईलाई कोरोना संक्रमण, पुर्वनिर्धारित सबै कार्यक्रम स्थगित


१७ साउन, विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित उनका परिवारजन कोरोना सङ्क्रमित भएका छन् । मुख्यमन्त्री राईसहित उनकी श्रीमती शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राई कोरोना सङ्क्रमित भएका हुन् ।

मुख्यमन्त्रीका सचिवालयका १६ जनामा सोमवार पीसीआर परीक्षण गरिएको थियो भने सो क्रममा तीन जनामा कोरोना संक्रमण देखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको तथा मुख्यमन्त्रीका पुर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको छ । संक्रमित तीनै जना हाल होम आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलवार ०९:५९