१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

शारीरिक सुगठनः उमेशलाई रजत पदक


५ साउन, काठमाडौं । नेपाली शारीरिक सुगठनका खेलाडी उमेश राईले ५४औं शारीरिक फिजिक स्पोर्टस् च्याम्पियनसिपमा नेपालका लागि बुधबार रजत पदक जितेका छन् । मालदिभ्समा जारी प्रतियोगिताको ८० केजी तौलमा उमेशले रजत पदक प्राप्त जितेका हुन् । ८ खेलाडी सहभागी सो स्पर्धामा भारतका आश्विन सेठ्ठीले स्वर्ण पदक र थाईल्याण्डका पतैवात अलकावातले कास्य पदक प्राप्त गरेका थिए ।

यसअघि फिटनेस फिजिकतर्फ १७० से.मि. सम्मको प्रतिस्पर्धामा राजु राईले नेपालका लगि कास्य पदक प्राप्त गरेका थिए । तीन खेलाडी सहभागिता रहेको च्याम्पियनसिपमा महिलातर्फ एथलेटिक फिजिकमा सुजिता मानन्धरले छैटौं स्थान हात पार्न सफल भएको ब्यवस्थापक एवं उपाध्यक्ष राजभण्डारीले जानकारी गराए ।

खेलाडीहरुको मनोबल उच्च राख्नका लागि नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेस संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले रजत पदक प्राप्त खेलाडीलाई १ लाख र काँस्य पदक प्राप्त खेलाडीलाई ७५ हजार नगदले सम्मान गर्ने घोषणा गरेको समेत ब्यवस्थापक राजभण्डारीले बताए ।

यसै क्रममा नेपालले २०२३ मा आयोजना गर्ने ५५अ‌ाैँ एसियन शारीरिक सुगठन प्रतियोगिताका लागि नेपालका तर्फबाट अध्यक्ष राजेश बाबु श्रेष्ठ र एशियन फेडेरेसनका तर्फबाट दातुक पउल चुवाले सम्झौता पत्रमा हस्ताक्षर गरे । प्रतियोगितामा भारतका एतीनदर सिंहले मि‍‍‍‍. एसियाको उपाधि जितेका थिए । नेपाली टोली शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको ब्यवस्थापक राजभण्डारीले जानकारी गराए ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार १२:३९