१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

आबुखैरेनीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री गम्भीर घाइते


५ साउन, काठमाडौं । तनँहुको आबुखैरेनी गाँउपालिका–१ बरादीमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् । घाइते भएका तनँहुको दुलेगौडा घर बताउने अन्दाजी ३५ बर्षीय दिपक गिरीलाई उपचारको लागी हाडजोर्नी अस्पताल पठाइएको छ ।

डुम्रेबाट आँबुखैरेनी तर्फ आँउदै गरेको बा८३प ६८ ४२ नम्बरको मोटरसाइकलले पैदलयात्री गिरीलाई हिजो बेलुकी सवा ८ बजे ठक्कर दिएको हो । दुर्घटनामा संलग्न चालकलाई इलाका प्रहरी कार्यालय आबुखैरेनीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार १२:०३