१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

एन आईसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना साउनभर लागू हुने, यस्ता छन विशेषता


३२ असार, काठमाडाैँ । एनआईसी एसिया बैंकले २०७९ आषाढ १२ देखि आषाढ मसान्तसम्मको लागि निक्षेपको १० गुणासम्म प्राप्त हुने एन आईसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना साउन महिनाका लागि पनि निरन्तरता दिने निर्णय गरेको छ । योजनाम आकर्षण देखिएपछि बैंकले समय थप गरेर साउनभर लागू गर्ने निर्णय गरेको हो ।

व्यक्तिगत, संस्थागत एवं रेमिट्यान्स ग्राहक लक्षित गरेर ल्याइएको योजनामा देश एवं विदेशमा रहेकाहरु र विभिन्न संस्थाहरूले देखाएको अभूतपूर्व सहभागिता, रुचि एवं चासोलाई सम्मान गर्दै बैंकले साउन मसान्तसम्मका लागि निरन्तरता दिने निर्णय गरेको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

आम जनमानसको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी आफ्ना निक्षेप योजनाहरूलाई सोही अनुरुप थप ग्राहकमैत्री एवं प्रभावकारी बनाउन बैंकले यो योजनालाई निरन्तरता दिने निर्णय गरेको उल्लेख छ ।

यस योजनामा निक्षेपकर्ता महानुभावहरूले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार दुई गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् भने आफूले निक्षेप गरेको रकम र पाकेको ब्याज गरी कुल रकमको ८० प्रतिशत बराबर कर्जा समेत लिन सक्नेछन् । योजनाको विभिन्न प्रकारहरूलाई निम्नानुसार तालिकामा देखाइएको छः

यसअघि बैंकको ५ वर्षसम्म कुल ८४ लाख रुपैयाँ सम्मको बिमा सुनिश्चित गर्ने अतुलनिय फाइदाहरूसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ग्राहक महानुभावहरूको अत्यन्त उत्साहजनक सहभागिता रहि आएको छ ।

विदेशिएका युवाका लागि आकर्षक योजना 

एनआईसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना विदेशिएका युवाका लागि ज्यादै महत्वपूर्ण रहेको छ । विदेशिएका युवाहरूको प्रायको सपना हुन्छ काठमाडौँ वा महत्वपूर्ण सहरी क्षेत्रमा घडेरी र घर जोड्ने तर उनीहरूको पाँचरसात वर्षको आम्दानीले त्यो सम्भव नभैरहेको हुन्छ । तर विदेशिएका त्यस्ता युवाहरूले यस योजनामा सहभागी भएर आफ्नो पैसाको सदुपयोग गर्दै अघि बढे भने उनीहरूको त्यो सपना पनि पूरा हुने देखिन्छ ।

उनीहरूले अहिले नै आईसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजनामा सहभागी भएर आफ्नो आम्दानीको सदुपयोग गरे भने उनीहरू फर्किने बेलामा त्यो रकम १० गुणासम्म बढ्न सक्छ । त्यसकारण विदेशिएका त्यस्ता युवाका लागि योजना महत्वपूर्ण रहेको छ ।

यो योजनाअनुसार कुनै पनि ग्राहकले खातामा राखेको रकम निश्चित समयमा दोब्बरदेखि १० गुणासम्म वृद्धि हुन्छ । बैंकले विदेशिएका युवा लक्षित गरेर नै रेमिटेन्स पठाउनेहरुका लागि दोब्बरदेखि १० गुणा पाइने समय अझ कम राखेको छ । मानौं, विदेशमा गएका कुनै युवाले आफूले कमाएको मध्ये ५ लाख रुपैयाँ एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजनामा राखेमा यो रकम ५ वर्षमा दोब्बर भएर १० लाख हुन्छ भने १९ वर्षसम्म राख्ने हो भने १० गुणाले बढेर ५० लाख रुपैयाँ पुग्छ ।

अहिलेको अवस्थामा हिसाब गर्ने हो भने मुद्दति खातामा राख्नुभन्दा यस ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’मा राख्दा शतप्रतिशत प्रतिफल दिन्छ । विदेशबाट पठाएको रकममध्ये घरखर्च वा घरजग्गामा लगानी गरेर बचेको पैसालाई यस योजनामा राख्ने हो भने भविष्यमा चाहिने नगदको लागि धेरै सहज हुनेछ ।

यस्ता छन विशेषताहरू

एन आई सी एशिया बैंकले २०७९ असार १२ गतेदेखि छोटो समयको लागि यो योजना ग्राहकमाझ ल्याएको हो । जसमा सर्वाधिक उच्च ब्याजदरसहित निक्षेप रकमको १० गुणा रकम फिर्ता पाइने छ । यस योजनाअनुसार ग्राहकले मुद्दति खातामा राखेको रकम ५ वर्ष १० महिना १४ दिनमा दोब्बर पाउनेछन् । मानौं कुनै ग्राहकले ५ लाख रुपैयाँ राखेका छन् भने ५ वर्ष १० महिनामा १० लाख रुपैयाँ हुन्छ ।

९ वर्ष ४ महिना १० दिनसम्मलाई आफ्नो रकम बचत राख्ने हो भने तीन गुणा प्राप्त गर्नेछन् । आफूले राखेको रकमले ४ गुणा रकम प्राप्त गरोस् भन्ने चाहने ग्राहकले ११ वर्ष १० महिना ७ दिन पर्खिनु पर्छ । आफ्ना छोराछोरीको भविष्यको लागि भनेर ५ लाख रुपैयाँ राख्ने परिवारले यस अवधिमा आफ्नो रकमलाई ४ गुणा बढाएर २० लाख रुपैयाँ पाउने छन् ।

त्यसैगरी, १३ वर्ष ९ महिना १५ दिनमा ग्राहकको बचत रकम ५ गुणाले वृद्धि हुन्छ । यसको अर्थ हो अहिले १० लाख रुपैयाँ राख्नु भनेको १५ वर्षपछि छोराछोरीको लागि ५० लाख रुपैयाँ जम्मा गरे सरह हो । यही रकम १५ वर्ष ४ महिना १७ दिनसम्म राख्ने हो भने ६ गुणा रकम प्राप्त गर्न सकिनेछ । त्यसैगरी, १६ वर्ष ८ महिना २१ दिनमा ७ गुणा, १७ वर्ष १० महिना २० दिनमा ८ गुणा, १८ वर्ष ११ महिना १ दिनमा ९ गुणा र १९ वर्ष १० महिना २ दिनमा १० गुणा आफ्नो बचत पुग्नेछ ।

यदि कुनै अभिभावकले आफ्ना स–साना छोराछोरीलाई भविष्यको लागि धेरै काम लाग्छ भनेर अहिले ५ लाख रुपैयाँमात्र राख्ने हो भने १९ वर्ष १० महिना २ दिनमा १० गुणाले बढेर ५० लाख रुपैयाँ पुग्छ । बैंकले यो योजना व्यक्तिगत ग्राहकहरु बाहेक संस्थागत ग्राहक र रेमिटेन्स खाता भएका ग्राहकको लागि भनेर छुट्टाछुट्टै योजनासहित ल्याएको छ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार १७:०७