१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

एचआईडिसिएलको अवितरित हकप्रद शेयर बाँडफाँट


३१ असार, काठमाडाैँ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल)ले बोलपत्रद्वारा निष्कासन गरेको संस्थापक समूहतर्फको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले शुक्रवार एक सूचना जारी गर्दै हकप्रद शेयर बाँडफाँड गरेको जानकारी गराएको हो ।

बाँडफाँटमा नपरेको शेयर बापतको रकम आवेदन फारममा उल्लेख गरेको खाता नम्बरमा साउन १ गतेदेखि जम्मा गरिने विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएको हो । कम्पनीले असार ५ गतेदेखि १९ गतेसम्म ३ करोड ३० लाख कित्ता अवितरित हकप्रद शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा विक्री खुला गरेको थियो । उक्त शेयरको कटअफ मूल्य १०० रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार १०:४४