१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

एनआईसी एसियाको ७ लाख कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा


२० असार, काठमाडौँ । एनआईसी एसिया बैंकले आजदेखि ७ लाख १९ हजार ९५० कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ । एनआईसी एसिया बैंकले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ४२५ रुपैयाँ तोकेको छ । लगानीकर्ताले यही मूल्यलाई आधार मानेर लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ । तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेस गरेको आवेदन रद्द हुनेछ ।

यसमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्था जो कोहीले न्यूनतम १ हजार कित्तादेखि आवेदन दिन सक्नेछन् । बोलपत्र पेस गर्ने अन्तिम म्याद असार २७ गते तोकिएको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार ०९:४८