१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख ९६ हजार ९२१ कित्ता संस्थापक सेयर लिलामीमा


२० असार, काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आजदेखि ५ लाख ९६ हजार ९२१ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ७०० रुपैयाँ तोकेको छ ।

लगानीकर्ताले यही मूल्यलाई आधार मानेर लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ । तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेस गरेको आवेदन रद्द हुनेछ । यसमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्था जो कोहीले न्यूनतम १ हजार कित्तादेखि आवेदन दिन सक्नेछन् । बोलपत्र पेस गर्ने अन्तिम म्याद असार २७ गते तोकिएको छ ।

 

प्रकाशित मिति : २० असार २०७९, सोमबार ०९:४३