१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

फेरि अायो ‘मेरी बास्सै’, मंगलबार राति ८ः५० मा नेपाल टेलिभिजनमै प्रशारण हुने


१२ भदाै, काठमाडाैँ । धुर्मुस र माग्नेबुढाले सुरू गरेको चर्चित हास्य टेलिश्रृङ्खला मेरी बास्सै फेरि पुरानै समयमा प्रशारण हुने भएको छ । मिडिया हबले उत्पादन गर्दै आएको मेरी बास्सै अाज मंगलबारदेखि नै नपाल टेलिभिजनमा प्रशारण हुन लागेको छ ।

प्रत्येक मंगलबार राति ८ः५० मा प्रशारण हुँदै आएका टेलिश्रृङ्खलाको प्रशारण एक महिनादेखि बन्द भएको थियो । नेपाल टेलिभिजनबाट प्रशारण रोकिए पनि मिडिया हबले भने आफ्नो युट्युब च्यालनमा मेरी बास्सैका सबै एपिसोडहरु राख्दै प्रशारण गर्दै अाएको थियो । मेरी बास्सैलाई हाल राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छि धुर्वे) ले निर्देशन गर्दै आएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७५, मंगलवार १७:५५