१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

–शम्भु गजुरेल

तिम्रा उदरमा कसेर पटुकी हिड्दा हुनेथ्यो अब
आफ्नै पौरखले अघाउन सके देखिने सुन्दर सब
तिम्रा वाक सुनि अति घिनहुने के घिच्नु दल्ला बनी
साच्चै त्याग छ देश खातिर भने आउ स्वतन्त्र बनी

झट्टै बोकि नहिडी हाल खुकुरी ताकेर गाई तिर
धेरै रोष नपोख बुद्दे मनुवा दौरामा केको, पिर
बोल्छौ बोली त्यो कर्कस किन टोपिमा के दोष छ
धोक्छौ साझ बिहान जल अनि गङ्गामा के दोष छ

ला छौ पतलुन कटि तल त्यो के दोष सुरुवालको
बनै रक्त सरि सिङ्गार गरने के दोष गुराँस को
रातो रङ्ग छिटि कतल् कती भए सिम्रीक दोषी किन
आश्था धर्मतिर न हो यदि भने डलर लोभी किन

नारी पुरुष हो समान बलका वेदले यो मान्दछ
माताको महिमा अपार जगमा भन्ने पनि ठान्दछ!
मार्‍यौ धर्म गुरु त नास्तिक बनी मन्दिर तोड्यौ किन
हिन्दु धर्म भयो कसरी लुटुवा दलाली गर्छौ किन

जाउ मस्जिदमा तिमी मन भए बप्तिस्मा लिउ तर
आगो झोशी किन डढाउने मन नेपाली बस्ने घर
ठान्यौ बुद्धिमति बाबुराम अति भातृत्व बेजोडको
बोली पिच्छे कटु वचन रिसको भासण देश्तोडको

टोपी देखि पीडा दौरा सत्रु भयो क्रोध सुरुवालमा
अग्नि ज्वार किन गौमाता देखदा के रोष ख्याल्ख्यालमा
चोली धोति पनि भएन किन हो कस्तो खुरापात छ
तिम्रो मष्तिकमा घमण्डि कुरुपी राक्षसको जात छ

प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार १९:०४