१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

नीलम कार्की निहारिकाको ‘योगमाया’लार्इ मदन पुरस्कार


११ भदाै, काठमाडाैँ । यस वर्ष नीलम कार्की निहारिकाको ‘योगमाया’ काव्यले ‘मदन पुरस्कार–२०७४’ प्राप्त गरेको छ । मदन पुरस्कार गुठीको साधरण सभा बैठकले २०७४ को मदन पुरस्कारका निम्ति उत्कृष्ट आठ ओटा पुस्तकहरूको सूचीमा परेको मध्ये निहारिकाको ‘योगमाया’लाई मदन पुरस्कारका प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

मदन पुरस्कार गुठीले ‘बाल साहित्यको विकास, विस्तार र प्रवर्धनमा पाँच दशकदेखि सक्रिय’ शान्तदास मानन्धरज्यूलाई वर्ष २०७४ को जगदम्बा-श्री तथा ‘योगमाया’ पुस्तकका लागि नीलम कार्की निहारिकालाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो ।

मदन पुरस्कार–२०७४ का लागि योगमायासहित कैरन, नथिया, पाठशाला, भुइयाँ, यार, लिम्बुनी गाउँ र हिमाली दर्शन उत्कृष्ठ ८ पुस्तकका रुपमा छनौट गरिएको थियो । यसअघि २०७३ सालको मदन पुरस्कार घनश्याम कँडेलको ‘धृतराष्ट्र’ काव्यले पाएको थियो ।प्रदान गर्ने निर्णय गुठीले गरेको छ । यी दुवै पुरस्कारको राशी २/२ लाख रहेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार १८:२३