१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नुवाकोटमा विद्यालय जाँदै गरेकी शिक्षिकाको स्कुटर दुर्घटनामा मृत्यु


३ असार, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ समुन्द्रटार स्थायी घर भएकी एक शिक्षिकाको विद्यालय जाँदैगर्दा दुर्घटनामा परेर मृत्यु भएको छ । शुक्रबार बिहान ९ः३५ बजे शिक्षिका राधिका खतिवडा आचार्यले चलाएको स्कुटर सङेपाखा भन्ने ठाउँमा अनियन्त्रितभइ तादी खोलाको भीरमा खसेको थियो ।

स्कुटर भीरमै अड्किए पनि शिक्षिका आचार्य भने तादी खोलामा परेको र खोलाले बगाएर ५ सय मिटर तल पुर्याएको अवस्थामा फेला पारिएको नेकपा एमालेका नेता बलराम आचार्यले जानकारी दिए । शिक्षिका आचार्य सुन्दरा मावि सातविसेको निम्न माध्यामिक विद्यालयको स्थायी शिक्षिका हुन । उनले माध्यामिक शिक्षकका लागि पनि स्थायी नाम निकालेकी थिइन ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार १३:१५