१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

लाभांश पारित गर्न सानिमा लाइफले बोलायो वार्षिक साधारण सभा


३० जेठ, काठमाडाैँ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार इन्स्योरेन्सको चौँथो वार्षिक साधारण सभा असार २० गते, स्मार्ट दरबार ब्यान्क्वेट धुम्बाराहि काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

सभाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ४.२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद गरी कुल ४.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसैगरी, सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोकिने र सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका छलफल गरी पारित गरिने छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असार ८ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार १३:११