१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपाली सेनाको NA 039 चिताहा हेलिकोप्टर मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण


२० जेठ, काठमाडाैँ । नेपाली सेनाको NA 039 चिताहा हेलिकोप्टर मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ । मनमोहन प्राविधिक विश्वविद्यालय उपकुलपति डा सुवास पोखरेलको समुस्पस्थितिमा  शुक्रबार त्रिभुवन विमानस्थलको गाैचर व्यारेकमा भएको कार्यक्रममा उक्त हेलिकोप्टर हस्तान्तरण गरिएको हो ।

मनमोहन प्राविधिक विश्वविद्यालयका प्राविधिक विद्यार्थीहरूलाई प्रयोगात्मक अध्ययनका लागि नेपाली सेनाको सैनिक वायु सेवाले हेलिकोप्टर हस्तान्तरण गरेको हो । हेलिकोप्टर प्राप्तिले दक्ष प्राविधिक जनशक्ति निर्माण गर्ने काममा विश्वविद्यालयमा लागि सहयोग पुगेको विश्वविद्यालयका चिकित्सा शिक्षा विज्ञ डा दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

हेलिकोप्टर हस्तान्तरण सम्झौतामा नेपाली सेनाको तर्फबाट आशिशजंग राणा र विश्वविद्यालयका तर्फबाट प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्रालयका सचिव दीर्घ मैनालीले हस्ताक्षर गरेका छन ।

देशकै उत्कृष्ट प्राविधिक शिक्षालयका रूपमा चिनिएको विश्वविद्यालयलाई दक्षिण एसियाकै नमुमा प्राविधिक विश्वविद्यालय बनाइने गरी काम भैरहेको छ । १० वर्षे गुरुयोजनासहित सो प्राविधिक विश्वविद्यालयलाई दक्षिण एसियाकै नमुना र उत्कृष्ट प्राविधिक शिक्षालय तथा अध्ययन अनुसन्धान केन्द्रका रूपमा विकास गर्न कामहरू भैरहेका छन ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार १३:५३