१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

यु १९ महिला विश्वकप छनोट: नेपालले भोलि कतारविरुद्ध खेल्ने


१९ जेठ, काठमाडौं । यु–१९ महिला टी–२० विश्वकप छनोटमा नेपालले कतारविरुद्ध मैदान उत्रिँदै प्रतियोगिताको सुरुआत गर्दैछ । प्रतियोगिता अघि मलेसिया उठ्नु अघि नेपाली टिमले शीर्षस्थानमा रहने योजना बनाएको छ ।

शुक्रबार (भोलि) बाट सुरु हुने प्रतियोगितामा ६ राष्ट्र सहभागी रहेको छ । प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा स्थान बनाउने छ ।

प्रतियोगितामा नेपालसँगै मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), थाइल्यान्ड, भुटान र कतार सहभागी छन् । नेपालले शनिबार युएईविरुद्ध, सोमबार भुटानविरुद्ध, मंगलबार थाइल्यान्डसँग र बिहीबार मलेसियासँग खेल्ने तालिका छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहीबार १९:४६